साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसले सरकारमा सहभागी हुने ६ जनाको नाम टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका ६ मन्त्रीको नाम टुंगाएका हुन् ।

जसअनुसार प्रकाशमान सिंहले शहरी विकास मन्त्रालयसहित सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् । रमेश लेखकले गृह पाउने पक्का भएको एक नेताले जानकारी दिए । डा.आरजु देउवालाई परराष्ट्र मन्त्रालयको जिम्मा दिइने भएको छ । अजय चौरसियालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा दिइने भएको छ ।

दीपक खड्काले ऊर्जा तथा सिंचाई मन्त्रालय पाउने तय भएको कांग्रेसका ती नेताले जानकारी दिए । संस्थापन पक्षबाट एनबहादुर शाही वन तथा वातावरण मन्त्री बन्ने भएका छन् । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार बिहान शपथ ग्रहण गरेलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।