साझेदारी गर्नुहोस्

कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले उचालेको छ । फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गोल गर्दै उपाधि रक्षा गरेको हो ।

निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको छ । अतिरिक्त समयको १११ मिनेटमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरेका हुन्। कप्तान लियोनल मेसीले दोस्रो हाफको ६५ मिनेटमा मैदान छोडेका थिए ।

कोलम्बिया अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो। त्यसयताका २८ खेल सबै जितेको थियो । कोलम्बियाको अपराजित यात्रामा अर्जेन्टिना बाधक बनेको हो ।