साझेदारी गर्नुहोस्

नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरे लगत्तै दुवै दलले आन्तरिक छलफल गरेर मन्त्री टुंगो लगाएका हुन् । एमालेमा ओलीलाई अधिकार दिइएको थियो र उनले केही नेताहरुसँग छलफल गरेर नाम टुंगो लगाएका छन भने कांग्रेस सभापति शेरबहादुर देउवाले शेखर कोइराला गगन थापा लगायतका नेतासँगको परामशमा मन्त्री हुनेको नाम टुंगो लगाएका छन् ।

एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवद्धय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्ने लगभग निश्चित भएको छ । त्यसैगरी कृष्णगोपाल श्रेष्ठ, विद्या भट्टराई, जुलीकुमारी महतो र दामोदर भण्डारीलाई पनि मन्त्री बनाएर आफू नेतृत्वको सरकारमा सहभागी गराउने अध्यक्ष ओलीले सङ्केत गरेका छन् । यसमा सोमवार विहान केही संशोधन हुन सक्ने संभावना पनि छ ।

यस्तै नेपाली कांग्रेसबाट प्रकाशमानसिंहले उपप्रधानमन्त्रीसहित नेतृत्व गर्नेछन् । यस्तै रमेश लेखक, आरजु देउवा, अजय चौरसिया, किशोरसिंह राठौर, प्रदीप पौडेल,रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरी मन्त्री बन्नेछन् । लेखकले गृह र आरजुले परराष्ट्र सम्हाल्ने पक्का भैसकेको छ ।

गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिने सहमति भएको स्रोतले जनाएको छ ।