साझेदारी गर्नुहोस्

कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा हुने भएको छ । कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिइएको जनाएको छ । साउन १ गते बिदा दिने निर्णय गत बैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गरेको थियो ।