साझेदारी गर्नुहोस्

काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिदा भएका छन् । दोस्रो कार्यकाल करिब ४ महिना गृह मन्त्रालयमा बसेर उनी आइतबारदेखि बिदा भएका हुन् । उनका लागि गृहमन्त्रालयमा बिदाइ कार्यक्रम पनि आयोजना गरिएको छ । बिदाइका क्रममा आयोजित पत्ररकार सम्मेलनमा लामिछानेले आजैदेखि आफूमाथि अनुसन्धान गर्न सुरक्षा निकायका अधिकारीहरूलाई आग्रह गरेका छन् ।

‘मेरो विषयमा धेरै कुरा उठेका छन्, यहाँहरू सबै साक्षी हुनुहुन्छ । मैले आजसम्म मेरो विषयमा यो गर्नुस्, त्यो नगर्नुस् भनेको छैन । न कसैको सरुवा गर्नुस् भनेको छु’, उनले भने, ‘न मैले मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट भनेको छु । तर, पनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको भएमा मेरोबारेमा गहन अनुसन्धान गर्नुस् ।’