त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न मिल्ने वाटरड्रोन क्यामरा प्रयोग गरिएको छ । सशस्त्र प्रहरीका अनुसार बिहानैदेखि खोजीमा गोताखोर सहितको टोली परिचालन गरिएको र वाटरड्रोन क्यामरा प्रयोग गरिएको हो ।
टोलीले त्रिशूली नदीमा सोनार क्यामरा, वाटरड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ । र्याफ्टबाेट जडान गरेर पानी भित्रको बस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्याउने जनाएको छ ।