साझेदारी गर्नुहोस्

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ ।अक्षयकुमारले आफूलाई कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

फिल्म सरफिरा को प्रमोशनको क्रममा अक्षयलाई कोरोना संक्रमण भएको बताइएको छ । उनलाई शुक्रबार बिहान कोभिड पोजिटिभ पुष्टि भएको हो । यसअघि सन् २०२२ मा पनि अक्षय फिल्म ‘राम सेतु’ को सुटिङका ​​क्रममा कोरोना संक्रमित भएका थिए ।