साझेदारी गर्नुहोस्

परराष्ट्र सचिव सेवा लम्सालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । दोस्रो बिमस्टेक मन्त्रीहरूको रिट्रीटमा सहभागी हुन दिल्ली पुगेकी लम्सालले शुक्रबार भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन् । सामूहिक भेतवार्तामा बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरू सहभागी थिए ।