साझेदारी गर्नुहोस्

शुक्रबार बिहान चितवनको सीमलताल पहिरोमा जाँदा त्रिशूली नदीमा डुबेका दुई बस र यात्रु अहिलेसम्म भेटिएका छैनन् ।

आजका लागि सुरक्षा निकायले खोज्ने कार्य स्थगित गरेको छ। उद्धार कार्यमा साँझ र रातीमा काम गर्न नसक्ने भएपछि उद्दार कार्य आजलाई रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

अहिलेसम्म गाडीको झ्यालको पर्दा र करिब १० वर्षका बच्चाको ट्र्याक सुट फेला परेको छ।

गाडीको पर्दा एन्जल बसको रहेको प्रहरीले जनाएको छ। उक्त बस सोही पर्दा र ट्र्याक सुट फेला परेकै लोकेसनमा हुनसक्ने प्रहरीले अनुमान गरेको छ। यद्यपि, यसबारे थप प्रमाणीकरण भोलि (शनिबार) मात्रै हुनेछ। पर्साबाट काठमाडौँ र काठमाडौंबाट गौर जाँदै गरेका दुईवटा बस एञ्जल डिलक्स प्रा.लि.को बस नं. प्र०३००६ ख १५१६ र प्रदेश०३–७०१ २४९५ नम्बरको गणपति डिलक्सको गाडी त्रिशूलीमा खसेको थियो। दुवै बसमा गरेर ५७ बढी मानिसहरू बेपत्ता भएको प्रारम्भिक अनुमान छ।