राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलहरूलाई आह्वान गरेका छन् । शुक्रबार राति एक वक्तव्य निकाल्दै राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएर सरकार गठनको आह्वान गरेका हुन् ।