उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो हुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँचौँपल्ट विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘देशका ठूला दलहरू मिलिरहँदा त्यसले लोकतन्त्रलाई कतै असर गर्ने त होइन, हाम्रो चिन्ता त्यति मात्र हो,’ लामिछानेले भने, ‘बाँकी रह्यो प्रतिपक्षको कुरा, रास्वपा कस्तो प्रतिपक्ष हो भन्ने कुरा गत वर्ष हामीले देखाइसकेका छौँ । हामीलाई सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो छ ।’
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण