साझेदारी गर्नुहोस्

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आएको पहिरोले त्रिशुली नदीमा बस बेपत्ता भएको छ। घटनास्थलमा उद्धारकार्यमा कठिनाइ भएको छ। उद्धारकार्यका लागि घटनास्थल जाँदै गरेकाका सशत्र बलको विपद व्यवस्थापन टोली पहिरोले गर्दा बाटैमा फसेका छन्। उनीहरु कुरिनटारस्थित कालीखोलाको पहिरोले घटनास्थल पुग्न कठीन भएको प्रहरीले जनाएको छ।

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहित आएको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको हो । ती बसमा चालकसहित ६५ जना रहेका प्रहरीले जनाएका छन्।