साझेदारी गर्नुहोस्

पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी खुलेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो । अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन्। उनले आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताइन् ।