सेयर कारोबार साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० विन्दुमा अडिएको छ ।
सेन्सेटिभ इण्डेक्स १.२६ प्रतिशतले बढेर ३८५.७५ विन्दुमा पुगेको छ । यसदिन ३२२ स्क्रिप्सको १ करोड ५२ लाख २९ हजार ६ हजार ७३९ कित्ता सेयर ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँमा कारोबार भए ।
दोहोरो अंकले बढेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । बलेफी हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले वृद्धि भएको हो ।