साझेदारी गर्नुहोस्

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रलाई समेत साथमा लिएर आवश्यकताअनुसार संविधान संशोधन गरिने बताएका छन् । सोमबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीेसँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

उनले कांग्रेस–एमालेको संख्याले मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी लगायत दललाई साथमा लिएर अघि बढ्ने बताए । आफूहरू संविधान संशोधन दुईतिहाइ नभई सर्वसम्मत ढंगले गर्ने बाटोमा लाग्ने जिकिर पनि उनले गरे ।