सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा झिनो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार २१.२७ अंकले बढेको नेप्से सोमबार भने ४.६२ अंकले घटेको हो ।
सोमबार नेप्सेमा भएको कारोबारमा ९५ वटा कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् भने १४१ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।त्यस्तै सोमबार १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर अवस्थामा रह्यो । आज नेप्सेमा १ करोड ४ लाख ७५ लाख १८१ कित्ता ५९ हजार ९७४ वटा कारोबार हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रुपैयाँ बराबरको कारोबार भयो ।