साझेदारी गर्नुहोस्

भारत सरकारले चारधामको यात्रामा रोक लगाएको छ । अत्यधिक वर्षाका कारण ठाउँ-ठाउँमा बाढीपहिरो आएपछि यातायात अवरुद्ध भएकाले भारत सरकारले चारधामको यात्रामा रोक लगाएको हो । भारतीय मौसम विभागका अनुसार आइतबार र सोमबार देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले श्रद्धालुहरूलाई यात्रामा ननिस्कन आग्रह गरेको छ ।

विभागकाले ऋषिकेशभन्दा अगाडीको यात्रा नगर्न भन्दै सबैलाई सावधानी अपनाउन पनि आग्रह गरेको छ । विशेषगरी उत्तराखण्डको विभिन्न भू–भागमा पहिरो गएको छ भने बद्रीनाथ जाने राजमार्गमा पनि पहिरो जाँदा बाटो बन्द भएका छन् ।