साझेदारी गर्नुहोस्

एक समय कम उमेरमै दोहोरी गीत गाएर सामाजिक सञ्जालमा ‘भाइरल’ बनेकी गायिका कमला घिमिरे अब फिल्म खेल्ने भएकी छिन् । छिनभरमै दोहोरीको टुक्का फुराएर लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा देश तथा विदेशमा ह्वातै बढेको थियो । उनै गायिका अब बाबु साहेब बलामीले निर्देशन गर्न लागेको फिल्म ‘माइली’बाट ‘डेब्यू’ गर्ने भएकी हुन् ।