साझेदारी गर्नुहोस्

अमेरिकन अभिनेता तथा रेस्लर जोन सिनाले वल्र्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्यूडब्यूई) बाट सन्यास लिएको घोषणा गरेका छन् । क्यानडामा शनिबार राति सम्पन्न डब्लुडब्लूई मनी इन द बैंक प्रतिस्पर्धामा उपस्थित हुँदै सिनाले सन्यासको घोषणा गरेका हुन् ।

उनले भने, ‘आज म आधिकारिक रूपमा डब्यूडब्यूईबाट सन्यासको घोषणा गर्छु ।’  उनको सन्यासले आश्चर्यचकित बनेका समर्थकहरुले रेस्लिङमार्फत् आफूहरुलाई रमाइलो प्रदान गरेकामा धन्यवाद दिए ।