साझेदारी गर्नुहोस्

साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.२७ अंकले बढेको छ । १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयर कारोबार हुँदा नेप्से २१.२७ अंकले बढेर २१४०.९७ अंकमा पुगेको हो ।

नेप्सेमा आज भएको कारोबारमा १५० वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ८२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै आजको कारोबारमा १५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।