सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन् । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख ४२ हजार ६५ क्यूसेक पुगेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए। यो बहाव यस वर्षकै उच्च रहेको यादवले बताए ।
प्रमुख जिल्ला अधिकारी यादवले सप्तकोशीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गर्दै प्रहरीबाट निगरानी बढाइएको जानकारी दिए ।