साझेदारी गर्नुहोस्

अविरल सँगै आएको बाढी पहिरोले देशभर जनधनको क्षति भएको छ । मुलुकको राजधानी काठमाडौदेखि दुर्गम क्षेत्रमा डुबान र पहिरोले क्षति पुगेको छ । जसमा कयौंको ज्यान गएको छ ।

 

 

 

 

विभिन्न क्षेत्रमा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन् ।

 

 

 

 

images

 

images

 

राजधानी काठमाडौंको नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पहिरोले पुरिँदा गोरखाको लखन थापा गाउँपालिका–६ घर भई रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको छ ।

 

बाढी र पहिरोले गण्डकीमा ६ जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्। स्याङ्जामा ३, पर्वतमा २ र बागलुङमा १ जनाको ज्यान लिएको हो।

 

स्याङ्जाको विरुवा गाउँपालिका ६, लामाखेतमा रहेको ईश्वरीप्रसाद लम्सालको घर पहिरोले पुरिँदा त्यहाँ रहेका ६६ वर्षीय माधव र ६५ वर्षीया गुह्येश्वरी शर्मा दम्पति तथा ५८ वर्षीया हरिदेवी शर्माको निधन भएको हो। विरुवा ६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार गुह्येश्वरी र हरिदेवीको तत्काल उद्दार गरिए पनि ज्यान जोगिएन भने पुरिएका माधवको बढो कष्टसाथ शव निकालिएको हो।