नेपाली कांग्रेस संसदीय दलको बैठकले सहमति अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ । कांग्रेसले संविधानको धारा ७६(२) बमोजिम ओलीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।
‘‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ’ कांग्रेस संसदीय दलको निर्णयमा भनिएको छ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय पनि गरेको छ ।
कांग्रेसले विश्वासको मत लिने प्रधानमन्त्रीको निर्णयमाथि पनि प्रश्न उठाएको छ । बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानको धारा ७६ को २ मा सरकार गठन भइसकेपछि ७६ को २ बमोजिम नियुक्त हुने प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने र त्यो काम प्रधानमन्त्री प्रचण्डले पूरा गरिसकेको बताए । राजनीतिक रुपमा काँग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वभाविक रुपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाई भन्दा बढी मत भएपछि नयाँ सरकार गठन हुने उनले बताए ।