प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। शनिबार बिहान उनीहरूबीच बालुवाटारमा झण्डै एक घण्टा भेटवार्ता भएको हो।


नेता कोइराला निकट स्रोतका अनुसार, बिहान साढे सात बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता सुरु भएको थियो। पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले बताएको छ। नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहयात्रा गर्ने समझदारी बनेका बेलामा भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ।


करिब एक घण्टा प्रचण्डसँग छलपल गरेर कोइराला साढे ८ बजेतिर बालुवाटारबाट बाहिरिएका थिए। प्रधानमन्त्री प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिँदैछन्।

















