शुक्रबार राति देखि नियमित परिरहेको वर्षाका कारण काठमाडौँका बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते लगायतका सहायक नदीहरूमा पानीको बहाव उच्च भएको छ। सडकमा पानी जम्मा भएको छ। कति ठाउँका नदी किनारमा पानी प्रवेश भएको छ। केही ठाउँमा डुबानमा परेका छन्।पानी नियमित परिरहेकाले नदीहरूमा जल प्रवाह अझै बढ्न सक्ने देखिएको छ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नदी किनारामा रहेका व्यक्तिहरूलाई उच्च सतर्क रहन आग्रह गर्दै बाढीजन्य विपद् परेमा बाढीजन्य विपद् परेमा महानगरपालिकाका हटलाइन १६६००१०५५११, ११८० र महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्न अनुरोध गरेका छन्।
















