संयुक्त राष्ट्रसंघमा हिन्दी भाषाको प्रवर्द्धन गर्न भारतले ११ लाख डलर योगदान गरेको छ । भारतले ‘हिन्दू एट यूएन’ परियोजनाका लागि ११ लाख ६९ हजार ७ सय ४६ डलर प्रदान गरेको संयुक्त राष्ट्रसंघस्थित भारतीय नियोगले जनाएको छ ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै नियोगले नियोगका सहचारी आर रवीन्द्रले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको उल्लेख छ ।भारतीय समाचार संस्था एएनआईका अनुसार राष्ट्रसंघमा हिन्दी भाषाको प्रवर्द्धन एवम् हिन्दी बोल्ने विश्वका जनतालाई आफ्नै भाषामा सुसूचित गर्ने उद्देश्यले यस्तो सहयोग प्रदान गरिएको हो ।