साझेदारी गर्नुहोस्

गएराति देखि देशभर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक घण्टामा आठ वटा जिल्लामा भारी वर्षा भइरहेको छ ।

हनुमन्ते खोलामा आएको बाढीले चेतावनी तह नाघेको छ । हनुमन्ते खोलाको जगती जलसतह मापन केन्द्र र मर्स्याङदी नदीको बिमलनगर जलसतह मापन केन्द्रमा बाढीले चेतावनी तह नाघेको विभागले जानकारी दिएको छ ।

देशभर वर्षा भइरहेको र नदी तथा खोलाहरुमा बाढी आएकाले स्थानीयहरुलाई सचेत रहन सरकारले आग्रह गरेको छ ।