साझेदारी गर्नुहोस्

भारतको उत्तर प्रदेशस्थित हाथरसमा मंगलबार भएको भागदौडका क्रममा मर्नेको संख्या १३४ पुगेको छ । हाथरस जिल्लाको फुलराई गाउँमा ‘भोलेबाबा’को प्रवचन कार्यक्रम चलिरहेका बेला भागदौड मच्चिँदा मर्नेको संख्या १३४ पुगेको हो । यद्यपि प्रशासनले भने १२१ जनाको नाम सार्वजनिक गरेको छ ।

प्रवचन सकिएपछि कार्यक्रममा सहभागीबीच अचानक भागदौड सुरु भएको थियो । भागदौडका क्रममा सयौँ सहभागी भीषण गर्मीले बेहोस भएका थिए ।

बुधबार बिहान ११ बजे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्‍यनाथ घटनास्थल पुगेका छन् । उनले त्यहाँ घाइतेहरूसँग संवाद गरेका छन् ।