साझेदारी गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनबारे पनि निर्णय गरिदिन पार्टी नेतृत्वसँग माग गरेका छन् । आफ्नो प्रेम सम्बन्धलाई लिएर पार्टीकै नेताहरुले टिप्पणी गरेपछि उनले यस्तो माग गरेका हुन् । उनले सभापतिलाई लेखेको प्रस्तावमा भनेको छन्, “गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि म तयार छु । वा आफ्नो इच्छा गर भन्छ भने नि ठिक छ । तर निर्णय गरिदेओस् ।”

उनले जुन दिन निर्णय गर्न उपयुक्त हुन्छ त्यही दिन गरिदिन पनि सक्ने बताएका छन् । “देश निर्माण र देश निर्माणका लागि जीवन नै समर्पण गरेको छु । गल्फ्रेन्डको कुरा गरेर, मलाई त केही पनि छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो । म जान पाइन, एकजना नारी जाने रु मेरो साटो भनेर रडाको मच्चाउँदा पनि सायद मुकुल ढकालसँग जोडिएको विषय हो, कहाँबाट आउँछ मानवअधिकारका कुरा, महिला अधिकारका कुरा ।”

उनले विवाह बाहेकका पनि सबै बाँकी कुरा पार्टीले नै निर्धारण गरिदिन भनेका छन् । उनको प्रश्न छ– मैले विवाह गरेँ र छोराछोरी जन्मिए भने मैले आफ्नो इच्छाअनुसार गर्ने हो वा पार्टीको नीतिअनुसार ।” पार्टीबाट समानुपातिक सांसद चयन गर्दा केन्द्रीय सदस्य गणेश कार्कीले आफूलाई रोकेर महामन्त्री ढकालले आफ्नो गर्लफ्रेन्ड पठाएको आरोप लगाएका थिए ।