नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ बन्ने सत्ता गठबनधनले भ्रष्टाचार नियन्त्रण गर्न कुनै आग्रह–पूर्वाग्रह नराखी काम गर्नुपर्ने बताएका छन् ।
सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले अब बन्ने सरकार भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा बलियो ढंगले अघि बढ्नु पर्ने बताए।
‘कुनै पनि फाइलहरुमा कुनै आग्रह, पूर्वाग्रह कसैका बारेमा राख्नुहुँदैन । भ्रष्टाचारलाई नियन्त्रण गर्ने सन्दर्भमा सबैभन्दा पहिला कानुन बनाउने कांग्रेस हो,’ महामन्त्री शर्माले भने, ‘अहिले बन्दै गरेको गठबन्धनले पनि भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा बलियो ढंगले कार्य गर्नुपर्छ ।’
शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खोल्न थालेपछि सत्ता समीकरण परिवर्तन भएको भनेर दिएको अभिव्यक्तिको खण्डन गरे ।