साझेदारी गर्नुहोस्

नेकपा एमालेले नयाँ सरकार गठनका लागि भोलिसम्म मार्ग प्रशस्त गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भनेको छ ।

मंगलबार ललितपुरको च्यासलमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा भएको सहमतिअनुरुप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आव्हान गर्ने निर्णय भएको छ’, ज्ञवालीले अगाडि भने । उनले अहिले कांग्रेस र एमालेबीच मात्रै सहमति भएको बताउँदै अब राष्ट्रिय सहमतिको सरकारको पहल हुने जानकारी दिए ।