वर्तमान गठबन्धन सरकार ढल्ने निश्चित भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा छलफल गरिरहेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ समीकरणमा नमिसिने निर्णय लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री दाहालले एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्तको तयारी गरिरहेका बेला लामिछानेले संवाद गरेका हुन् ।दाहालले मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटिसकेका छन् । अहिले उनी गृहमन्त्री लामिछानेसँग छलफलमा जुटेका हुन् ।