साझेदारी गर्नुहोस्

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइलहरू खुल्न थालेपछि रातारात सत्ता समीकरण फेरिएको बताएका छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले भ्रष्टाचारका ठूला फाइलहरू खुल्न थालेपछि सत्ता समीकरण एक रात पनि टिक्न नसकेको बताएका हुन् ।

उनले कसलाई जोगाउन सत्ता समीकरणमा फेरबदल भएको भन्ने कुरा जनताले राम्रोसँग बुझेको पनि जिकिर गरे । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइएको प्रकरणमा बेचन झा पक्राउ परेकोतर्फ इंगित गर्दै उनले भ्रष्टाचारको फाइल खुल्न थाल्नेबित्तिकै समीकरण फेरिएको बताए ।