साझेदारी गर्नुहोस्

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कांग्रेस-एमाले मिलेर सरकार बनाउने कुरा संवैधानिक नभएको जिकिर गर्नुभएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता सापकोटाले यस्तो बताउनुभएको हो ।

प्रवक्ता सापकोटाले दुई दलबीचको सहमति अप्रत्याशित भएको र संवैधानिक नरहेको बताउनुभयो । उहाँले लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर काँग्रेस र एमालेबीच सहमति नभएको बताउनुभयो । देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्नेकुरा नै प्राकृतिक नभएको जिकिर उहाँको थियो । काँग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने संकेत देखापरेको बताउनुभयो ।