साझेदारी गर्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा गर्न आग्रह गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका ओलीले कांग्रेस र एमालेबीच मिलेर जाने सहमति भएकाले मार्गप्रशस्त गर्न ओलीले आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले ओलीलाई समझदारी कसरी भत्कियो र संविधान चलाउने खोजेको हो भनी सोधेका बताइएको छ ।

ओलीले मुख्य राजनीतिक मुद्दाहरुमा अहिले पनि समझदारी नै कायम रहने जवाफ दिँदै आफूलाई सघाउन समेत आग्रह गरेको बुझिएको छ । कांग्रेस र एमाले सांसदको बहुमत संख्या देखाउँदै ओली संविधानको धारा ७६.२ अन्तर्गत प्रधानमन्त्री बन्ने तयारीमा छन् ।