साझेदारी गर्नुहोस्

सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८२ अंक (४ प्रतिशत) बढेको छ । पहिलो सर्किट ब्रेक लागेपछि २० मिनेटका लागि कारोबार रोकिएको छ । २१६ कम्पनीको मूल्य बढेको छ भने एउटाको घटेको र दुईको स्थिर छ ।