साझेदारी गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता लिएपछि मात्रै प्रक्रियामा जाने तयारी गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले सरकारमा रहेका दलहरूले समर्थन फिर्ता लिएपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने अथवा ३० दिनभित्रमा विश्वासको मत लिने भन्ने प्रक्रिया अगाडि बढ्ने बताए । दलहरूले समर्थन फिर्ता नलिएसम्म प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने ती सदस्यको भनाइ छ ।