साझेदारी गर्नुहोस्

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आगामी सत्ता सहयात्राबारे सोमबार मध्यराति हस्ताक्षर भएको छ ।

ललितपुरस्थित होटल भिभान्तामा दुवै दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिम रुप दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्माले हस्ताक्षर गरेका हुन् ।

दोस्रो तहका नेताले सहमतिलाई अन्तिम रुप दिइसकेपछि ओली बालकोटबाट शीतल निवास पुगेका थिए । बिरामी रहेका भनिएका कांग्रेस सभापति देउवा पनि मध्यराति शीतल निवास छिरेका थिए । जहाँ उनीहरूले दुवै दलका दोस्रो तहका नेता पनि राखेर राष्टपति रामचन्द्र पौडेलसँग परामर्श गरेका थिए ।

दुई शीर्ष नेताले हस्ताक्षर गरेको सहमति पत्रसहित सबै विवरण मंगलबार मात्रै सार्वजनिक गरिने भएको छ । नयाँ गठबन्धन बनाउन सक्रिय भूमिका निर्वाह गरेका कांग्रेसका एक नेताले भने, ‘दुई दल मिलेर सरकार बनाउन देउवा र ओलीले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको छ ।