साझेदारी गर्नुहोस्

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज देशभर साधारणतयादेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार देशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यी क्षेत्रहरुमा बाढी, पहिरोको जोखिम हुनसक्ने भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।