साझेदारी गर्नुहोस्

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र आम सञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम भएको बताउनुभएको छ । आइतवार नेपाल चलचित्र बोर्डको २४ औं वाषिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले चलचित्र मनोरञ्जनको साधन मात्रै नभइ सन्देश दिने प्रभावकारी माध्यम रहेको बताउनुभयो । उहाँले चलचित्रको विकासका लागि लिएका लक्ष्यहरु परिणाममा पु¥याउने कुरा चुनौतिपूर्ण रहेको बताउनुभयो ।

मन्त्री शर्माले सबै चलचित्रकर्मीहरुको अभिलेखलाई डकुमेण्टेशन गर्ने कुरा उल्लेखनीय रहेको बताउनुभयो । उहाँले दोलखाको फिल्म सिटी बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । फिल्म सिटी बनेसँगै नेपालले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्ने बताउनुभयो । ‘पछिल्लो दिनमा आउँदा हामीले जुन ढंगले चलचित्रको विकास गर्ने भन्ने जुन लक्ष्य लिएका छौँ, नीति लिएका छाँै । त्यसलाई कसरी हामी परिणाममा पु¥याउने भन्नेकुरा हाम्रा बीचका चुनौति हुन् । चलचित्र विकास बोर्डका आगामी दिनका कार्यभारहरु हुन् । चलचित्र विकास बोर्डले विगतमा गरेका कामहरु र आगामी दिनका हाम्रा कार्यभारका कुराहरु राख्नुभएको छ ।’ मन्त्री शर्माले भन्नुभयो ।