साझेदारी गर्नुहोस्

मेष : पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। आँटले काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

वृष : समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।

मिथुन : गरेको कामले राम्रै लाभ दिलाउनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।

कर्कट : गोपनीयतामा ध्यान नदिँदा अवरोध सिर्जना हुनेछ। पुरानो रिस बोकेर हिँड्नेहरु सक्रिय भएकाले सचेत बन्नु राम्रो हुन्छ। शान्त भएर आफ्नो काममा लागेमा सफलता मिल्नेछ। समस्याको समाधान आफै खोज्नुपर्नेछ।

सिंह : तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। परिवारमा मेलमिलाप रहनेछ। राजनीतिक क्षेत्रमा भने विवाद हुने जोखिम छ। वैदेशिक रमझमले आकर्षण गर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : परिस्थितिको चक्रमा अलमलिनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।

तुला : राजनीतिक र सामाजिक क्षेत्रमा चासो बढ्नेछ। न्यायिक क्षेत्रमा हुने खटपटीले तपाईंलाई फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। नयाँनयाँ अवसर प्राप्त हुनेछन्। आँटेका काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले थप उत्साह जगाउनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्।

वृश्चिक : रोकिएका काम पुन: प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा गुमेकाे अधिकार स्थापित हुनेछ। सानै प्रयत्नले लक्ष्यमा पुग्न सकिनेछ।

धनु : क्षमता प्रदर्शन गर्ने दिन हो। पदको दायित्व बोध हुनाले मनमा शान्ति मिल्नेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला।

मकर : आफन्तले असहयोग गर्नेछन्। बहुमतका आधारमा तपाईंको विजय निश्चित हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए सफल बन्नेछ। परिवारको माया प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दैनिक कार्यमा समस्याको सुरुवात हुनेछ। शान्त बसेर समस्याको समाधान खोज्नु राम्रो हुन्छ। शनि देवको पूजापाठ गरेमा संकट टर्ने देखिन्छ। व्यापारमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

मीन : परिणाममुखी काम गर्ने बेलामा ढिलासुस्ती बढ्नेछ। बोलीका कारण विवाद बढ्नसक्छ। अर्थ अभाव समेत देखापर्न सक्छ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।