साझेदारी गर्नुहोस्

आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपकाे उपाधि जितेको हो ।

यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । दक्षिण अफ्रिकाले भने पहिलो पटक विश्वकपको उपाधि चुम्ने मौका गुमाएको छ । भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ मात्र रन बनाउन सक्यो ।

उसका लागि हेनरिक क्लासेनले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन । २७ बलको सामना गरेका उनले २ चौका र ५ छक्कासहित ५२ रन बनाए । उनलाई १७ औं ओभरको पहिलो बलमा हार्दिक पाण्ड्याले ऋषभ पन्तको हातबाट क्याच आउट गराएका थिए ।