साझेदारी गर्नुहोस्

प्रशान्ति शिक्षा सदनले एसईई परीक्षा को नतिजामा आफ्नो उत्कृष्ट पहिचानलाई कायम गर्न सफल भएको छ ।

काठमाडौंको कपनमा रहेको प्रशान्ति शिक्षा सदनले बिहिबार सार्वजनिक भएको एसईई परीक्षा २०८० को नतिजामा उत्कृष्ट रिजल्ट ल्याएको हो ।

परीक्षामा सहभागी भएका कुल १५ विद्यार्थीहरुमध्ये तीन जनाले ए प्लस ल्याएका छन् भने १२ जना विद्यार्थीले ए ल्याएको प्रशान्ति शिक्षा सदन, कपनका प्रिन्सिपल समीर बाँस्तोलाले जानकारी दिए ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा रहेका विद्यालयहरुमध्ये गुणस्तरीय शिक्षाका लागि लोकप्रिय मानिएको प्रशान्ति शिक्षा सदनले यो उत्कृष्ट नतिजाका लागि आफ्ना विद्यार्थीहरुलाई आभार व्यक्त गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका १२ मा रहेको प्रशान्ति शिक्षा सदनका अध्यक्ष मुरारी भण्डारीले स्कूलले अतिरिक्त क्रियाकलापसहितको बालमैत्री शिक्षण सिकाई र जीवनउपयोगी अध्ययन अध्यापन गर्दे आएको बताउँदै विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि थप शैक्षिक तथा भौतिक सुविधाहरु बढाउने गरि अघि बढेको जानकारी दिए ।

यस वर्षको एसईई नतिजाबाट आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यमा अझ उत्साह थपिएको प्रशान्ति शिक्षा सदनका संचालक शमिरशण ढुंगलले बताए ।

“ बालमैत्री सिकाईसहितको अन्र्तराष्ट्रिय शिक्षामा प्रशान्तिको प्रतिबद्धता” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दे अघि बढिरहेको विद्यालय व्यवस्थापनको दाबी छ ।