साझेदारी गर्नुहोस्

पूर्वी अफ्रिकी देश केन्यामा सार्वजनिक विरोध चर्किएको छ । प्रदर्शनकारीले संसद भवनमा आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीको गोली लागेर कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । सरकारले ल्याएको कर बढाउने विधेयकको विरोधमा प्रदर्शन सुरु भएपछि यसले उग्र रुप लिएको हो । राजधानी नैरोबीमा प्रदर्शनकारी संसद भवनमा प्रवेश गरेर तोडफोड गर्नुका साथै आगो लगाइदिएको दृश्य भिडियोमा देखिएको छ ।