साझेदारी गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आइडलका विजेता करण परियारलाई बधाइ दिएका छन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले परियारलाई बधाइ दिएका हुन् ।

सो अवसरमा प्रधानमन्त्रीले परियारलाई गितार उपहार दिएका थिए । परियारलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख–दुःखमा आफू साथमै रहेको बताए ।