साझेदारी गर्नुहोस्

नायिका स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मीले जसिता गुरुङसँग माफी मागेका छन् । आफूबारे गरिएको टिप्पणीलाई लिएर जसिताले आपत्ति जनाएपछि उनीहरूले माफी मागेका हुन् ।

कार्यक्रमका अतिथि नायिका स्वस्तिमा र साम्राज्ञीले अन्तर्वार्तामा जसितालाई नायक अनमोलसँगै जसिताले अन्य दुई व्यक्तिहरूसँग पनि सम्बन्ध बनाएको चर्चा गरेका थिए । जसिताले सार्वजनिक रुपमा आपत्ति जनाएपछि यी दुई नायिकाले सार्वजनिक रुपमा माफी मागेका हुन् ।

स्वस्तिमाले लेखेकी छिन्, ‘तिम्रो भावनामा चोट पुर्‍याएकोमा म साँच्चै माफी चाहन्छु, यो एक रमाइलो कार्यक्रम थियो । र, धेरै उत्साहजनक रुपमा प्रकट भयो, तिमी सधैँ मेरो लागि धेरै राम्रो साथी छौँ, एकपटक फेरि म तिमीसँग माफी चाहन्छु ।’

यस्तै, साम्राज्ञीले आफूले कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउनेबारे नसोच्ने भन्दै स्पष्टीकरण दिएकी छन् । ‘हामीलाई प्रश्नहरूको यो द्रूत राउण्डमा एक स्थितिमा राखिएको थियो, हामीले नतिजाबारे सोचेका थिएनौँ, तर कुनै पनि तरिकाले तपाईंलाई धम्क्याउने प्रयास गरेका थिएनौँ, तपाईंको भावनामा चोट पुर्‍याएकोमा माफी माग्न चाहन्छु,’ उनले जसितालाई जवाफ दिँदै लेखेकी छन् ।