साझेदारी गर्नुहोस्

टेलिभिजन कार्यक्रम ‘इट्स माइ शो’को पछिल्लो एपिसोड विवादमा परेको छ । ओसिनले होस्ट गरेको पहिलो एपिसोडमा अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी शाहलाई अतिथि रुपमा आमन्त्रण गरिएको थियो ।

कार्यक्रममा एउटा सेग्मेन्ट अन्तर्गत खेल खेलाउने भन्दै होस्ट ओसिनले अभिनेत्रीद्वयलाई विभिन्न प्रशन सोध्छिन् । जसमा अभिनेत्री जसिताका प्रेमीहरुको बारेमा समेत प्रश्न सोध्छिन्, स्वस्तिमा र साम्राज्ञीले उनका प्रेमीहरुको नामै खुलाउँछिन् ।

अभिनेत्री जसिता गुरुङले राष्ट्रिय टेलिभिजन कार्यक्रममा आफ्नो व्यक्तिगत विषय उठाइएको भन्दै आपत्ति जनाएकी छन् । अन्तर्वार्ता हेरेपछि कार्यक्रमका अतिथि र होस्ट तीनै जनाबाट आफूलाई गहिरो दु:ख लागेको बताएकी छन् । ‘के हामी साँच्चै एक महिलाले अर्को महिलालाई होच्याउने प्रवृत्तिविरुद्ध छौं ? उनीहरु कसैसँग मेरो व्यक्तिगत समस्या छैन । सुरुदेखि नै मैले उनीहरूलाई अभिनेत्री र होस्टको रूपमा उच्च सम्मान र प्रशंसा गर्दै आएकी छु । तर तपाईंहरुको यो कार्यले कतिको जीवन प्रभावित हुनेछ भन्ने सोच्नुभएको थिएन ? ‘