साझेदारी गर्नुहोस्

युरोकप फुटबलमा अष्ट्रिया प्रि–क्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ । गएराति भएको समूह ‘डी’ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सलाई ३–२ गोलले हराउँदै अस्ट्रिया समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

अष्ट्रियाका लागि रोमानो स्मिड र मार्सेल साबिट्जरले एक–एक गोल गरेका थिए । एक गोल भने नेदरल्याण्ड्सबाट आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो । यस्तै, नेदरल्याण्ड्सका लागि कोडी गाक्पो र मेम्फिस डिपायले एक–एक गोल गरेका थिए ।