साझेदारी गर्नुहोस्

कार्यक्रम ‘इट्स माइ शो’को पछिल्लो एपिसोडमा उठाइएको विषयप्रति अभिनेता अनमोल केसीले पनि आपत्ति जनाएका छन् ।टिभी कार्यक्रममा आफ्नो व्यक्तिगत विषय उठाइएको भन्दै अभिनेत्री जसिता गुरुङले आपत्ति जनाइसकेकी छन् ।

अनमोलले उक्त कार्यक्रममा उठाइएको विषयप्रति आपत्ति जनाउँदै मंगलबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि उनीहरु तपाईंलाई सम्मान गर्छन् भने सम्मान दिनुस् । यदि उनीहरुले अनादर गर्छन् भने पनि अझै सम्मान नै दिनुस् । किनकि तपाईं आफैंको प्रतिनिधित्व गर्नुहुन्छ, अरुलाई होइन । सबैलाई सम्मान गर्नुहोस् ।’