प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा सोमबार भएको भेटमा द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटका अवसरमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक, सामाजिक विकासमा चीनले पुर्याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गरेका थिए । उनले आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोउन्नती हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक पर्ने बताए ।